कोशी प्रदेश समाचार

खोटाङको केपिलासगढीका विरामीहरुलाई सांसद शर्माले मिलाइदिए नि:शुल्क उपचारको व्यवस्था

खोटाङ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको नि:शुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न विरामीलाई नि:शुल्क र विपन्न विरामीलाई विशेष […]

कोशी प्रदेश समाचार

सांसद डा.सुनिल शर्माले गराइदिए विपन्न बिरामी विकको नि:शुल्क उपचार

विराटनगर । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको नि:शुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई नि:शुल्क उपचार गराइदिएका हुन् । रोगले सताए पनि उपचार गर्ने पैसा नहुँदा विक […]

समाचार सुदुरपश्चिम प्रदेश

दुर्गमका विपन्न बिरामीको नि:शुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

काठमाडौं । दुर्गम क्षेत्रका विपन्न बिरामीको नि:शुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई नि:शुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद शर्माले देशका विभिन्न […]

बागमती प्रदेश समाचार

केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

काठमाडौं । स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो । राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित […]

कोशी प्रदेश समाचार

पौडी खेल्ने क्रममा खोलाले बगाई मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाई मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि स्थानियहरु समेतको सहयोगमा […]