मुख्य समाचार समाचार

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो । यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । विगतमा जात्रा नियमित […]

मुख्य समाचार समाचार

लेदुवा खोलाको पुल सात वर्ष देखि अधुरै

सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगर भन्छन्, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको […]

मुख्य समाचार समाचार

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

बेलबारी । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ । खोजीकार्य जारी रहे पनि फेला नपरेपछि हिन्दू धार्मिक परम्पराअनुसार परिवारजनले अनोजको ‘कुशको शव’ बनाएर अन्तिम संस्कार […]

मुख्य समाचार समाचार

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत पाँच जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ […]

गण्डकी प्रदेश मुख्य समाचार समाचार

गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त

गण्डकी । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का फणीन्द्र देवकोटा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । गोरखा–२ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य देवकोटाले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख […]