कानेपोखरी । मोरङको कानेपोखरीमा टाटा पिकअप गाडीको ठक्करबाट शनिबार राति एक जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा अन्दाजी ४०/४५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्रा गरिरहेकी महिलालाई राति ९ः२० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा […]
समाचार
मन्त्री लिम्बुको उपस्थितिमा अमना सिसौली वनको भवन शिलान्यास सम्पन्न
बेलबारी । अमना सिसौली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवन र बौद्धदाह संस्कार स्थल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले शनिवार उक्त भवन र बौद्धदाह संस्कार स्थलको शिलान्यास गरेका हुन। शनिवार शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले भने ‘सामुदायिक वन के का लागि स्थापना भएको उपभोक्ता समितिले त्यो भुल्न हुँदैन […]
कनेक्ट एजुकेसनको ठगीमा बेलबारी नगरपालिकाको अंकुश
बेलबारी । कोशी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिताको नाममा विभिन्न सार्वजनिक तथा संस्थागत विद्यालयमा पुगी रकम उठाउने कनेक्ट एजुकेशनलाई बेलबारी नगरपालिकाले अंकुश लगाएको छ । गत बुधवार कोशीका विभिन्न जिल्लामा कनेक्ट एजुकेसनको गैर कानुनी ठगी शीर्षकमा इष्ट खबरमा समाचार प्रकाशन भएसँगै नगरपालिकाले प्रतियोगिताको नाममा हुने यस्तो गतिविधिमा सहभागी नहुन पालिका भित्रका विद्यालयहरूलाई अनुरोध गरेको छ । […]
सुन्दरहरैंचाको श्रीखण्ड माविको भवन उद्घाटन
सुन्दरहरैंचा । श्रीखण्ड माध्यमिक विधालय सुन्दरहरैंचा नगरपालिका वडा नं ३ को नव निर्मित भवनको मंगलबार एक भब्य समारोहका बिच उद्घाटन भएको छ । राष्ट्रिय सभा संसदिय दलका नेता रमेशजंग रायमाझीको पहलमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमबाट नेपाल सरकारले ४५ लाख रकम उक्त विधालयको भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । नवनिर्मित भवनको राष्ट्रिय सभा संसदिय […]
कोशीका विभिन्न जिल्लामा कनेक्ट एजुकेसनको गैर कानुनी ठगी
बेलबारी । कनेक्ट एजुकेसन सेन्टरले विना अनुमति मोरङ जिल्लाका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा रकम उठाएको पाइएको छ । काठमाडौँ स्थित कोटेश्वरमा कार्यालय रहेको उक्त एजुकेसन सेन्टरले जिल्लाका सुन्दरहरैंचा, बेलबारी लगायतका पालिकामा रहेका विद्यालयबाट विभिन्न प्रतियोगिताको नाममा गैर कानुनी रूपमा रकम उठाएको पाइएको हो । कोसी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता गराउने भन्दै उक्त एजुकेसनका कार्यकारी […]





