सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । धरान–५ का दीपक मगर भन्छन्, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको […]
Author: इष्टखबर संवाददाता
रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार
बेलबारी । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ । खोजीकार्य जारी रहे पनि फेला नपरेपछि हिन्दू धार्मिक परम्पराअनुसार परिवारजनले अनोजको ‘कुशको शव’ बनाएर अन्तिम संस्कार […]
आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान
हेटौँडा । “बाढी आइरहेको छ, हेर त ।” रातभरको काम सकेर कोठामा फर्किएका राजेन्द्र थापा मगरलाई एक साथीले बाहिरबाट बोलाए । बाहिर निस्केर हेर्दा आफूहरू बसेको स्थानभन्दा करिब ८० मिटर तल रहेको खोला अस्वाभाविक रूपमा उर्लिरहेको थियो । रसुवामा साढे दुई वर्षदेखि काम गर्दै आएका राजेन्द्रलाई त्यहाँको खोलाको सामान्य अवस्था थाहा थियो । तर त्यस […]
‘आमा, धन्न बाँचेर आएँ’
काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झिए । छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उनी केहीबेर घुक्कघुक्क गर्दै रोइरहिन् । घरमा सन्नाटा छाएको थियो । छोरा फर्किएको […]
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत पाँच जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ […]





